Section 8
सञ्चालक समितिको गठन

८.१ संस्थानको काम कारबाही सञ्चालन, रेखदेख र व्यवस्थापनको लागि देहायका सदस्यहरू भएको सञ्चालक समिति गठन गरिएको छ ः–
८.१.१ खानेपानीको व्यवस्थापन सम्बन्धमा अनुभव प्राप्त व्यक्तिहरूमध्येबाट नेपाल सरकारले तोकेको वा नियुक्ति गरेको व्यक्ति – अध्यक्ष
८.१.२ प्रतिनिधि (राजपत्राङ्कित प्रथम श्रेणी), भौतिक योजना तथा निर्माण मन्त्रालय – सदस्य
८.१.३ प्रतिनिधि (राजपत्राङ्कित प्रथम श्रेणी), स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, (जनस्वास्थ्य हेर्ने) – सदस्य
८.१.४ संस्थानले सेवा पु¥याएका नगरपालिकाहरूमध्येबाट नेपाल सरकारले तोकेको एउटा नगरपालिकाको प्रमुख – सदस्य
८.१.५ उपभोक्ताको हितको संरक्षणमा संलग्न उपभोक्ताहरूको संस्थाहरूमध्येबाट नेपाल सरकारले तोकेको संस्थाका दुईजना महिला प्रतिनिधि – सदस्य
८.१.६ खानेपानी गुणस्तर सम्बन्धी विशेषज्ञहरूमध्येबाट नेपाल सरकारले तोकेको एकजना – सदस्य
८.१.७ पर्यावरण वा वातावरण संरक्षणमा संलग्न संस्थाहरूमध्येबाट नेपाल सरकारले तोकेको एकजना – सदस्य
८.१.८ महाप्रबन्धक, नेपाल खानेपानी संस्थान – सदस्य–सचिव
८.२ ………..
८.३ नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सञ्चालक समितिका सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
८.४ समितिले आवश्यक देखेमा कुनै विदेशी वा स्वदेशी विशेषज्ञ वा सल्लाहकारलाई सञ्चालक समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।